कला


फिल्म घोषणाअघि प्रदीपले गरे ग्रहशान्ति पूजा

फिल्म घोषणाअघि प्रदीपले गरे ग्रहशान्ति पूजा

नेपालखबर
माघ २६, २०७९ बिहिबार १४:८, काठमाडौँ

अभिनेता प्रदीप खड्का फिल्म ‘क्यामिनो’मा काम गर्ने तयारीमा छन्। फिल्मका लागि कलाकार फाइनल गरिरहेको निर्माण टिमले फिल्मका टिजर पोस्टर सार्वजनिक गरेको छ। प्रदीप फिल्मको शिर्ष भूमिकाका लागि अनुबन्धित भएका छन्। 

प्रदीपले फिल्ममा आफू अनुबन्धित भएको बारेमा केहि बोलेका र्छैनन्। फिल्मका लागि केहि रकम साइनिङ अमाउन्टका रुपमा लिएका प्रदीपले बिहीबार ‘क्यामिनो’को टिजर पोस्टर सार्वजनिक गर्दै प्रदीपले उक्त प्रोजेक्टमा जोडिएको जानकारी गराएका छन्। 

इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै उनले यो फिल्ममा अघिल्ला फिल्ममा झैं साथ दिन दर्शकलाई आग्रह गरेका छन्। फिल्मको औपचारिक जानकारी दिनुअघि उनले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजाआजा गरेका छन्। 

ग्रहशान्तिको भिडियो सार्वजनिक गर्दै उनले भनेका छन्, ‘भाग्य र मेहनत दुबै एकसाथ अघि बढ्छन्। यो भाग्यका लागि थियो भने अर्को चाहिं कडा मेहनतमा निर्भर हुनेछ।’ प्र्रदीपकै सुझाव अनुसार फिल्मको स्क्रिप्टमा पनि केही हेरफेर गरिएके बताइन्छ। 

दीपक वलीले निर्देशन गर्ने यो फिल्म ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने तयारी छ।

दक्षिण अमेरिका हुँदै जोखिम लिएर अमेरिका छिर्ने आप्रवासीको कथावस्तुमा बन्न लागेको फिल्म नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा सुटिङ हुने तयारी छ। फिल्ममा प्रदीपसँग वर्षा शिवाकोटीले स्क्रिन रोमान्स गर्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad