ad ad

कला


१३ वर्षपछि निर्देशनमा फर्किए केपी पाठक

१३ वर्षपछि निर्देशनमा फर्किए केपी पाठक

नेपालखबर
माघ २६, २०७९ बिहिबार ८:५८, काठमाडौँ

निर्देशक केपी पाठक १३ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन्। उनले १३ वर्षअघि ‘मैना’ फिल्म निर्देशन गरेका थिए। त्यसयता फिल्म निर्देशनमा नदेखिएका केपी अब भने ‘घटुवारे’मार्फत निर्देशनमा फर्किने भएका हुन्। 

पाठकले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गराइसकेका छन्। अब फिल्मका लागि कलाकार छनोटमा लाग्ने पाठक बताउँछन्। फिल्मका लागि नयाँ तथा पुराना कलाकार मिलाएर राख्ने केपीको योजना छ। 

फिल्मको कथा लेखन अन्तिम चरणमा पुगेको छ। यो फिल्म निर्माणमा निर्देशक पाठकसँग पुरुषोत्तम बोहोरा र निरञ्जन सिग्देलले सहकार्य गर्नेछन्। पुरु लम्सालले कथा लेखिरहेको फिल्म मौलिक कथामा निर्माण हुने छ। 

फिल्मले घट्ट चलाउने व्यक्तिको कथा भन्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .