ad ad

कला


दोहोरी गायक भीम पौडेलको निधन

दोहोरी गायक भीम पौडेलको निधन

नेपालखबर
माघ १३, २०७९ शुक्रबार १०:१९, काठमाडौँ

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोक गायनमा क्रियाशील थिए।

पछिल्लो समय लाइभ दोहोरीमा चर्चित भएका भीम केही समयदेखि अस्वस्थ थिए। 

स्याङजास्थित आफ्नै निवासमा भीमको निधन भएको हो। उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी परेको उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन्। 

लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय भीमले दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका थिए।

भीमलाई सम्झँदै अध्यक्ष विजी भन्छन्, ‘उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ। राम्रो प्रतिभा भएको मान्छे हो।’

रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षती बेहोरेको बताउँछन्। भन्छन्, ‘भीम शालीन स्वभावको प्रतिभावान गायक हुन्। उनको निधन समग्र लोक दोहोरी क्षेत्रकै लागि अपुरणीय क्षति हो।’ 

दोहोरी गायक भीम पौडेलको आजै पोखराको राम घाटमा अन्तिम संस्कार गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .