‘बिजुली’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। गायक जनक ताम्राकारको स्वरमा रहेको गीतमा महेश ताम्राकारको शब्द र संगीत छ। सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडिओमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीले अभिनय गरेका छन्।
गीतको भिडिओमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ। भिडिओमा बिजुलीको काम गर्दै गरेका निराजनले विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेमकथा देखाइएको छ।
उपासनाको यो पहिलो म्युजिक भिडिओ हो। उनले फिल्ममा मात्रै अभिनय गर्ने गरेकी थिइन्। निराज भने पछिल्लो समयका व्यस्त मोडल हुन्। एकपछि अर्को सफल म्युजिक भिडिओमा अभिनय गरिरहेका निराजन उपासनासँग भिडिओमै जोडी बाँध्न सफल भएका छन्।
सार्वजनिक गीतको भिडिओ हरि हुमागाईंले निर्देशन गरेका हुन्। थुप्रै म्युजिक भिडिओ निर्देशन गरेका हुमागाईंले यसपटक पनि भिडिओमा एउटा फरक कथा बुनेका छन्।
भिडिओ उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने प्रविन मानन्धरको बीएफएक्स, कलरिङ र सम्पादन गरेका हुन्।
यस्तै भिडिओमा मौसम हिमालीको कोरियोग्राफी छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान (बाबु)को मिक्सिङ मास्टरिङ छ।
Shares

प्रतिक्रिया