ad ad

कला


नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भव्य सुरुवात

नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भव्य सुरुवात

नेपालखबर
माघ १२, २०७९ बिहिबार ९:१८, काठमाडौँ

नेपथ्यको सांगीतिक यात्रा अष्ट्रेलिया पुगेको छ। सरस्वती पूजाको अघिल्लो दिन नेपथ्यले अष्ट्रेलियाको डार्बिनमा सांगीतिक प्रस्तुती दिएको हो।

भर्खरै सुरु भएको डार्बिन इन्टरटेनमेन्ट सेन्टरमा साँझको ७ बजेबाट सुरु भएको सांगीतिक प्रस्तुतीमा दर्शकले राम्रो साथ दिएका छन्।

कार्यक्रममा डार्बिन शहरमा बसोबास गर्दै आएका नेपालीको बाक्लो उपस्थिती रहेको थियो। 

नेपथ्यको नयाँ गीत ‘भटभटे’बाट सुरु भएको प्रस्तुतीमा काठमाडौंको अस्तब्यस्त सडकमा छायांकन गरिएको गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो।

गीतको म्यूजिक भिडियो हेरेपछि त्यहाँ रहेका नेपालीले घर सम्झिएको बताएका छन्। त्यसपछि कार्यक्रममा ब्याण्डका ‘छेक्यो छेक्यो’ लगायतका चर्चित गीत प्रस्तुत भए। 

नेपथ्यले यसअघि सन २०१९ मा अष्ट्रेलियामा सांगीतक टुर रहेकै बेला ब्याण्डको चर्चित गीत ‘छेक्यो छेक्यो’का सर्जक शुक गुरुङको नेपालमा देहावसान भएको थियो। परदेशमा यो सुनेर दुःखी भएको ब्याण्डले लगत्तैको मेलबर्न कन्सर्टमा स्टेजबाटै गुरुङप्रति श्रद्धान्जली अर्पण गरेको थियो। 

यसपटक डार्बिनमा कन्सर्ट आयोजना हुनुभन्दा ठीक एकदिन अघि चार वर्षअघिको सोही भिडिओ रेकर्डलाई ब्याण्डले रिलिज गरेको थियो।

त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘लामपाते सुरती’ ‘जोमसोमे बजार’ ‘शिरफूल शिरैमा’ लगायतका गीत प्रस्तुत गरियो। गीतमा दर्शकहरुले नाचेर साथ दिएका थिए। 

भर्खरै नेपालमा ‘मानवताको लागि संगीत’ नारा बोकेर सिंगो मुलुक भ्रमण गरेको नेपथ्यले यो वर्ष पुरै सोही नाराका साथ आफूलाई अघि बढाउने संकल्प लिएको छ। नेपाल छाड्ने बेलामा ब्याण्डलाई अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले शुभकामना सन्देश पठाएकी थिइन्।

यो यात्रामा कलाकार, प्राविधिक र व्यवस्थापक गरेर १३ सदस्यीय टोली सरिक छ। 


 
उत्तरको डार्बिनबाट सुरुभएको नेपथ्यको अष्ट्रेलिया श्रृंखला अब दक्षिणको ‘साउथ अष्ट्रेलिया’ राज्यतर्फ बढ्ने बताइएको छ।

बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेबु्रअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती नेपथ्यले दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .