कारोबार


६ महिनामा नेपालको व्यापारघाटा ७ खर्ब ११ अर्ब

६ महिनामा नेपालको व्यापारघाटा ७ खर्ब ११ अर्ब

नेपालखबर
माघ ९, २०७९ सोमबार १७:२, काठमाडौँ

चालू आर्थिक वर्षको ६ महिनामा नेपालको व्यापारघाटा ७ खर्ब ११ अर्ब रुपैयाँ बराबरको देखिएको छ।

पुस मसान्तसम्ममा नेपालले ७ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु खरिद गरेको छ भने ८० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। 

गत आर्थिक वर्षको तुलनामा नेपालको वस्तु आयात र निर्यात दुवैमा कमी आएको देखिएको छ। जसकारण नेपालको वैदेशिक व्यापारको आयतन समेत घटेको भन्सार विभागले जनाएको छ। 

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा वस्तु आयात २० दशमलव ६८ प्रतिशत र वस्तु निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको हो। 

गत आर्थिक वर्षको ६ महिनाको नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब रुपैयाँको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा ८ खर्ब ७३ अर्ब रुपैयाँको मात्रै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad