बलिउड अभिनेता शाहरुख खान पछिल्लो फिल्म ‘पठान’का कारण निक्कै चर्चामा छन्। यो फिल्ममार्फत शाहरुख लामो कपाल र आकर्षक शारीरिक सुगठनसहित दर्शकमाझ आउने तयारीमा छन्।
अहिले उनको लामो कपालको निकै चर्चा भइरहेको छ। तर धेरै कम मानिसलाई थाहा भएको कुरा के छ भने शाहरुखको लामो हेयरस्टाइल उनका लागि भाग्यशाली साबित भइरहेको छ। फिल्म ‘पठान’अघि पनि उनको लामो हेयर स्टाइल लुक्स सुपरहिट साबित भइसकेको छ।
सन् २०११ म सुपरहिट भएको फिल्म ‘डन २’ लामो हेयर स्टाइलमा प्रस्तुत भएका थिए। त्यतिबेला पनि उनको यो लुक्सले निकै तारिफ पाएको थियो। १ सय ६ करोड बढी कलेक्सन गरेको यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो।
सन् २०१४ मा रिलिज भएको अर्को फिल्म ‘ह्याप्पी न्यु इयर’मा पनि पौनी टेल हेयर स्टाइलमा शाहरुख प्रस्तुत भएका थिए। उनको यो लुक्स त्यसताका भाइरल नै भएको थियो। उनको यो शैलीलाई फ्यानले कपिसमेत गरे। २ सय ३ करोड कलेक्सन गरेको यो फिल्म पनि बक्स अफिसमा हिट भयो।
बक्स अफिसमा हिट भएका यी दुई फिल्मका कारण शाहरुखले आफ्नो लामो कपाललाई भाग्यशाली ठान्ने गरेका छन्। उनका दर्शकले पनि यही मान्छन्। उनको लुक्स हेरेर ‘पठान’ सफल हुनेमा शाहरुखका फ्यानले ठोकुवा गरिरहेका छन्। यो फिल्म जनवरी २५ मा रिलिज हुँदै छ। फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणले पनि शीर्ष भूमिकामा अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया