ad ad

कला


एक्सन दृश्य सुटिङ गर्दा घाइते भइन् अभिनेत्री नुसरत

एक्सन दृश्य सुटिङ गर्दा घाइते भइन् अभिनेत्री नुसरत

नेपालखबर
पुस २७, २०७९ बुधबार १३:४३, काठमाडौँ

अभिनेत्री नुसरत भरुचा फिल्म सुटिङका क्रममा घाइते भएकी छन्। नुसरत फिल्म ‘छोरी–२’ को एक्सन दृश्य सुटिङ गर्ने क्रममा घाइते भएकी हुन्। उनको अनुहार र हातमा चोट लागेको छ। अनुहारमा टाँका लगाइएको छ।

नुसरत यसअघि पनि सुटिङका क्रममा घाइते भएकी थिइन्। 

नुसरतलाई चोट लागेपछि उनकी सह-अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा जानकारि दिएकी छन्। उनले नुसरत क्लिनिकमा सुतेको भिडिओसहित इन्स्टाग्राम ह्यान्डलमा लेखेकी छन्, ‘सानो भिडिओ इन्स्टाग्राममा औपचारिकताका लागि हो।’

भिडिओमा फिल्मका निर्देशक विशाल फुरियाले नुसरतको तारिफ गर्दै लेखेका छन्, ‘यो ठूलो साहसिक कार्यका लागि एउटा साहसी घाउ, त्यसैले हामी सबैले तपाईंलाई धेरै माया गर्छौं।’

नुसरतको यो फिल्म सन् २०२३ मा रिलिज हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .