ad ad

कला


‘पृथ्वीनारायण शाह’ फिल्म बनाउँदै रमित ढुंगाना

‘पृथ्वीनारायण शाह’ फिल्म बनाउँदै रमित ढुंगाना

रमित ढुंगाना


नेपालखबर
पुस २७, २०७९ बुधबार १३:५८, काठमाडौँ

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवनीमा फिल्म बन्ने भएको छ। अभिनेता रमित ढुंगानाले राजा शाहको जीवनीमा आधारित फिल्म बनाउने घोषणा गरेका हुन्। उनले चलचित्र विकास बोर्डमा ‘पृथ्वीनारायण शाह’ शीर्षकमा फिल्म दर्ता गराएका छन्। 

पृथ्वी जयन्तीको अवसर पारेर रमितले फिल्मको पटकथा लेखनको काम भइरहेको जानकारी दिए। बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले दुई वर्षदेखि लेखिरहेका छन्। 

रमितले १ करोड लगानीमा फिल्म निर्माण गर्ने बताएका छन्। फिल्मका लागि नेपाली सेनासँग पनि सहकार्यका लागि छलफल गर्न जाने तयारीमा रहेको रमितको भनाइ छ। सेनाबाहेक सरकारसँग पनि छलफल गर्ने रमितको तयारी छ। 

रमितले यसअघि ‘बुद्ध बर्न इन नेपाल’ फिल्म निर्माण गरेका थिए। फिल्म निर्माण गरेर लगानी डुबाएका रमित पुनः अर्को फिल्म निर्माणमा कस्सिएका हुन्। यसभन्दा अगाडि एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनबारे रमितले ‘मुस्कान’ फिल्म निर्माण गर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .