कला


बलिउड अभिनेत्री झनक शुक्लाले गरिन् ‘इन्गेजमेन्ट’

बलिउड अभिनेत्री झनक शुक्लाले गरिन् ‘इन्गेजमेन्ट’

नेपालखबर
पुस २६, २०७९ मंगलबार १३:५६, काठमाडौँ

टीभी शो ‘करिश्मा का करिश्मा र फिल्म ‘कल हो ना हो’मा बाल कलाकारको भूमिकामा देखिएकी अभिनेत्री झनक शुक्ला छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन्। लामो समयदेखि प्रेममो रहेकी झनकले प्रेमी स्वप्निल सूर्यवंशीसँग इन्गेजमेन्ट गरेकी हुन्। 

झनकले सामाजिक सञ्जालमा तस्बिर र भिडिओ शेयर गर्दै आफ्नो इन्गेजमेन्टको जानकारी दिएकी छन्। जसमा उनी र स्वप्निल सम्पूर्ण परिवारसँग देखिएका छन्। 

स्वप्निल सूर्यवंशी मेकानिकल इन्जिनियर हुन्। यद्यपि उनी स्वास्थ्य र फिटनेस उद्योगसँग सम्बन्धित छन्। झनकले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फोटोहरू सेयर गरेर इन्गेजमेन्ट सार्वजनिक गरेकी हुन्। उनको इन्स्टामा जोडिएका सेलिब्रेटीले जोडीलाई बधाई दिएका छन्। 

झनककी आमा सुप्रिया शुक्ला टिभीकी चर्चित अनुहार हुन्। उनले ‘कुमकुम भाग्य’, ‘कुण्डली भाग्य’ लगायतका टीभी शोमा काम गरेकी छन्।

सुप्रियाले छोरीको खुसीमा सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छन्, ‘मेरो घरकी सानो परी। भगवान्‌को कृपाले परिवार बढेको छ। स्वप्निल र उनका आमाबुवा अब हाम्रो परिवार हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .