ad ad

कला


सलमान खानविरुद्ध फेरि अदालतमा मुद्दा

सलमान खानविरुद्ध फेरि अदालतमा मुद्दा

नेपालखबर
असार ११, २०७६ बुधबार ६:१८,

 बलिउडका सुपरस्टार अभिनेता सलमान खानविरुद्ध अन्धेरीको एक अदालतमा मुद्दा परेको छ।

सलमानमाथि एक पत्रकारले कुटपिट र लुटपाट गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेका हुन्।

केही समयपहिले सलमानको साइकल यात्राको भिडियो बनाउने क्रममा सलमान र उनका अंगरक्षकले ती पत्रकारमाथि गालीगलौज, लुटपाट र कुटपिट गरेको आरोप उजुरीमा लगाइएको छ।

पत्रकार अशोक पाण्डेले सलमानविरुद्ध अन्धेरीका महानगरीय प्रमुख आर आर खानको अदालतमा मुद्दा दर्ता गरेका हुन। उनले मुद्दामा सलमानमाथि, लुटपाट, धम्की र गालीगलौज गरेको उल्लेख गरेका छन्।

यो घटना अप्रिल २४ मा घटेको थियो। जुन दिन सलमान बिहान सबेरै अंगरक्षकसहित साइकल यात्रामा थिए। सलमानलाई साइकलमा देखेपछि पत्रकार पाण्डेले अंगरक्षकको सहमति लिएर सलमानको भिडयो बनाउन थालेका थिए।

तर पछि खान र अंगरक्षक दुवै मिलेर आफूमाथि कुटपिट गरेको आरोप पाण्डेले लगाएका छन्। उनीहरुले आफ्नो मोबाइल समेत लुटेको उनको आरोप छ।

पत्रकार पाण्डेले पुलिसले उजुरी लिन नमानेपछि आफू अदालत आउनुपरेको बताए। उनको यो निवेदनमाथि १२ जुलाईमा सुनुवाइ गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .