राजनीति


सर्भियाली राष्ट्रपति समक्ष राजदूत खनालद्वारा ओहोदाको प्रमाणपत्र पेश

सर्भियाली राष्ट्रपति समक्ष राजदूत खनालद्वारा ओहोदाको प्रमाणपत्र पेश

नेपालखबर
असार ११, २०७६ बुधबार ६:११,

राजदूत खनालले सर्भियाका लागि गैरआवासीय राजदूतको रुपमा मंगलबार (१० असार) ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका हुन्।

बेलग्रेडस्थित राष्ट्रपति कार्यालयमा विशेष कार्यक्रमबीच राजदूत खनालले सर्भियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।

बर्लिनस्थित नेपाली राजदूतावासका अनुसार, ओदोहाको प्रमाणपत्र पेश गरिसकेपछि राजदूत खनालले राष्ट्रपति भुसिकसँग वार्ता पनि गरेका थिए।

कुराकानीमा दुई देशबीच राजनीतिक, आर्थिक सहकार्यका साथै व्यापार तथा लगानी अभिबृद्धिका विषयमा छलफल भएको थियो।

65013718 1119996658208461 8588961180612034560 n

राजदूत खनालको ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रममा बर्लिनस्थित नेपाल दूतावासका मिनिष्टर काउन्सिलर विशाल भट्टराई पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .