सामाजिक विषयवस्तुमा बनेको फिल्म ‘आँखा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण कम्पनी लामा सिनेमा प्रालिले शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ। यो फिल्म आगामी असार १४ देखि रिलिज हुँदै छ।
सार्वजनिक पोस्टरमा प्रायः सबै मुख्य कलाकारहरूलाई स्थान दिइएको छ। आँखाभित्र कलाकारहरूलाई गरिएको छ भने त्यसको बीचमा सुर्यमुखी फूललाई राखिएको छ।
जौन योन्जनको निर्देशन रहेको फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भिमसेनले तयार पारेका हुन्। आरआर फिल्मस्ले यो फिल्मको प्रदर्शन तथा वितरण अधिकार लिएको छ।
नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको जम्बो टिम रहेको छ। निर्देशक योन्जनकै कथा र पटकथा रहेको फिल्ममा स्मिता लामिछाने,आरके मेहता, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बरालको अभिनय छ। बाल कलाकारको भुमिकामा प्रसन राई छन्।
स्मिता लामिछाने निर्माता रहेको फिल्मलाई आलोक शुक्लाको खिँचेका हुन्। ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो।
Shares
प्रतिक्रिया