कला


धीरज र उपासना स्टारर ‘खुस्मा’को दोस्रो चरणको सुटिङ, प्रदर्शन मिति असोज ३

धीरज र उपासना स्टारर ‘खुस्मा’को दोस्रो चरणको सुटिङ, प्रदर्शन मिति असोज ३

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १३:४१, काठमाडौँ

धीरज मगर र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ।

गएको माघमा मनाङमा पहिलो चरणको सुटिङ सकिएको फिल्मको दोस्रो चरणको सुटिङ पूर्वी रुकुमको मैकोटबाट सुरु गरिएको हो।

निर्देशक अशोक थापा मगरले मगरको उद्‌गस्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा सुटिङ गरिने जानकारी दिए।

मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ। फिल्मको कथा निर्देशक थापा मगर आफैँले लेखेका हुन्।

छायांकन स्थल पुग्दा ‘खुस्मा’ टिमलाई मौकोट बासीले भव्य स्वागत गरेका थिए। रुकुमको मैकोट अभिनेता धीरजको जन्मथलो पनि हो। उनी त्यहाँबाट २ वर्षको उमेरमा यूके गएका थिए।

निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्।

यस फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ।

यो फिल्म असोज ३ गतेदेखि देशभरसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .