गायक तथा अभिनेता प्रकाश सपुत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्ध भएका छन्। सपुतले फिल्म साइन गरेको निर्माण पक्षले जानकारी दिएको हो। तर, उनको भूमिकाबारे खुलाइएको छैन।
केही दिनअघि थिम मोसन पोस्टर सार्वजनिक गर्दै उक्त फिल्म निर्माण घोषणा गरिएको थियो। सामाजिक कथावस्तुमा बन्ने फिल्ममा यसअघि विजय बराल मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज सिनेमाजको प्रस्तुतिमा बन्ने यो फिल्म २०८२ सालमा विश्व बजारमा प्रदर्शन गर्ने योजना छ।
गायक प्रकाशले ‘परदेशी २’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। गत वर्ष रिलिज उनको डेब्यु फिल्म परदेशी २ बक्सअफिसमा हिट भएको थियो।
Shares
प्रतिक्रिया