गत डिसेम्बर २४ सन् २०२२ मा आत्महत्या गरेकी तुनिशा शर्माको हिजो अर्थात् जनवरी ४ मा जन्मदिन थियो। उनी नरहे पनि उनका आफन्तले उनको सम्झना गरेका छन्। तुनिशाका प्रेमी शिजनकी बहिनीले पनि उनलाई सम्झेकी छन्। शिजनकी बहिनी फलक नाजले तुनिशासँगका तस्बिर सेयर गरेकी छन्।

उनी तुनिशालाई सम्झिँदै निकै भावुक भएकी छन्। सार्वजनिक गरेको तस्बिरमा तुनिशा र फलक निकै खुसी देखिन्छन्। हसिलो तस्बिर सेयर गर्दै फलकले भावनात्मक क्याप्सन लेखेकी छन्।
उनले लेखेकी छन्, ‘टुन्नु मेरा बच्चा। तिमीलाई यस्तो कामना गर्छु भनेर कहिल्यै सोचेको थिइनँ। तिमीलाई थाहा थियो - अप्पीले तिम्रा लागि सरप्राइज योजना बनाएका थिए। म तिमीलाई सुन्दर राजकुमारीको पहिरनमा हेर्न चाहन्थेँ। म तिम्रो लागि केक बनाउँछु, तिम्रो त्यो अचम्मको अनुहार हेर्न चाहन्छु। तिमीलाई राम्ररी थाहा छ टुनु, तिमीले मलाई के भन्न खोजेको छ। मेरो मुटु भाँचिएको छ, तिमी गएपछि जति पीडा मैले अहिलेसम्म महसुस गरेको छैन।’
फलक अगाडि लेख्छिन्, ‘कहिलेकाहीँ म कसका लागि प्रार्थना गर्ने, तिम्रो आत्मा शान्तिका लागि वा अम्मा, शिजन र मेरो जीवनको यस्तो कठिन परीक्षाका लागि भनेर बुझ्दिनँ। निद्राविहीन रात, धेरै आँसु, तिमीले देखेकी हुनुपर्छ। मलाई थाहा छ - तिमी यतै वरपर हुनुपर्छ। म तिम्रो उपस्थिति महसुस गर्न सक्छु। हामी दिनहुँ तिमीलाई सम्झन्छौं। तिमी सधैं हाम्रो हृदयमा रहनेछौ। मलाई आशा छ - तिम्रो शान्तिको खोजी अब समाप्त भएको छ। मेरो बच्चा, मेरो सानो प्रिय, जन्मदिनको शुभकामना। म तिमीलाई माया गर्छु।’
तुुनिशा आत्महत्या प्रकरणपछि एफडब्ल्यूआईसीईका अध्यक्ष बीएन तिवारीले अलिबाबा शोका निर्माताविरुद्ध प्रेस विज्ञप्ति जारी गरेका छन्। बीएन तिवारीले शोका निर्माता अलिन्द श्रीवास्तव र निसार परवेजलाई कारबाही गर्न माग गरेका छन्। निर्माताले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गरेको भए यति ठूलो दुर्घटना नहुने जिकिर उनको छ।
तुनिशा आत्महत्या प्रकरणमा शिजन खान पक्राउ परेका छन्।
Shares

प्रतिक्रिया