ad ad

कला


भाइरल भयो दीपाको सिउँदोको सिन्दुर, दीपक भन्छन्- कमेन्ट पढ्नु हुन्न

भाइरल भयो दीपाको सिउँदोको सिन्दुर, दीपक भन्छन्- कमेन्ट पढ्नु हुन्न

नेपालखबर
पुस २०, २०७९ बुधबार १२:४८, काठमाडौँ

कलाकारितामा स्थापित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई लिएर बेला बेला विभिन्न स्क्यान्डल सार्वजनिक भइरहन्छन्। फिल्म उद्योगमा जमेको यो जोडीलाई धेरैले जीवनकै जोडीका रुपमा लिने गरेका छन्। तर दीपकका श्रीमती र ३ सन्तान छन्। दीपक हजुरबुवा बनिसक्दा पनि दीपा भने अविवाहित नै छिन्। 

दीपक–दीपाले थुप्रै हिट काम गरेका छन्। यो जोडी अहिले फिलम ‘छक्का पन्जा ४’को सुटिङमा छ। पछिल्लो पटक उनीहरु चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा देखिएका छन्। उनीहरुको यो जोडीका साथमा त्यहाँका मूल पुजारी विदुर न्यौपाने देखिन्छन्। अर्को खास कुरा अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखिएको छ। 

खैरो छालाको जुत्ता, जिन्स पाइन्ट, कुर्था र ज्याकेटमा देखिएका दीपकका साथमा देखिएकी दीपा रातो साडीमा सजिएकी देखिन्छिन्। यो पहिरनमा बनाएको टिकटक न्यौपानेले आफ्नो टिकटक अकाउन्टमा राखेका छन्। भिडियोमा दीपकले पश्चिमी शैलीमा भनेका छन्, ‘भालेश्वर दर्शन आया हो, गुरुबासँग भेट भया हो, अब भालेश्वरले हामी सबैलाई रक्षा गरुन्। जय होस्।’

अहिले यो भिडियो भाइरल भइरहको छ। अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखेपछि दर्शकले विभिन्न अड्कबाजी गरिरहेका छन्। धेरैले दीपाको विवाह भएको भनेर प्रश्न गरेका छन्। मनसुन नामकी प्रयोगकर्ताले दीपककै शैलीमा प्रश्न गरेकी छिन् ‘दर्शन गर्न गया हो कि बिहे गर्न गया हो? कुरो बुझ्न गाह्रो भया हो। दिपाको सिउँदो मा सिंदुर हामी जन्ताले देख्या हो।’

दीपकले दीपाको विवाह भएको तर फिल्मका लागि बिहे भएको बताएका छन्। फिल्म ‘छक्का पन्जा ४’ छायांकनका क्रममा उक्त तस्बिर लिएको दीपकले बताएका छन्।

उनी भन्छन्, ‘हामी छक्का पञ्जा ४ को सुटिङका लागि चन्द्रागिरि गएका थियौं। गुरुबाको आग्रहमा टिकटक बनाएका हौं।’ दीपकलाई भिडियोमा आएको कमेन्ट पढ्नु भयो त भनेर गरिएको प्रश्नमा भने, ‘त्यस्तो काम गर्नुहुन्न, आफू सही हुनुपर्छ कमेन्ट आइरहन्छन्।’

हेमराज बिसीको निर्देशनमा छायांकन भैरहको फिल्म ‘छक्का पन्जा ४’को छायांकनसँगै पोस्ट प्रोडक्सनको काम पनि भइरहेको छ। केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्म आगामी फागुन १९ गतेबाट रिलिज हुने तयारीमा छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .