कला


धर्म परिवर्तन गर्न चाहन्थिन् तुनिशा

धर्म परिवर्तन गर्न चाहन्थिन् तुनिशा

फाइल तस्बिर : तुनिशा शर्मा


नेपालखबर
पुस २०, २०७९ बुधबार १०:६, काठमाडौँ

आज अर्थात् जनवरी ४, गत डिसेम्बर २४ मा आत्महत्या गरेकी टीभी अभिनेत्री तुनिशा शर्मा जन्मिएको दिन हो। उनले २० वर्षको उमेरमा आत्महत्या गरेकी थिइन्। उनको आत्महत्याबारे विभिन्नखाले कुरा सार्वजनिक भइरहेका छन्। तुनिशा जन्मिएको दिनमा भारतीय पत्रिका दैनिक भास्करले उनका मामा पवन शर्मासँग कुरा गरेको छ। 

फाइल तस्बिर : तुनिशा शर्मा

कुराकानीका क्रममा पवनले नयाँ तथ्य सार्वजनिक गरेका छन्।

तुनिशाको परिवारसँग निकट पवन तुनिशाकी आमाको भाइ हुन्। तुनिशाको मृत्युपछि उनको परिवारलाई विभिन्न आरोप लागिरहेका छन्। तुनिशाकी आमा वनिताले आफ्नो जन्मदिनमा तुनिशाको मोबाइल तोडेको, धर्म परिवर्तनमा दबाब दिएकोलगायत आरोप लगाइएको हो। 

तुनिशा आत्महत्या प्रकरणमा अभिनेता शिजान मोहम्मद खान पक्राउ परेका छन्। शिजाम तुनिशाका प्रेमी थिए। शिजामको परिवारले वनिताले छोरी तुनिशालाई मानसिक शोषण गर्ने गरेको आरोप लगाएको छ।

तर उनका मामा पवनले यो सबे आरोप मिथ्या भनेका छन्। उनले तुनिशा आफ्नी आमाको सबैभन्दा नजिक रहेको बताएका छन्। उनले भनेका छन्, ‘दुवैको एकअर्काबाहेक कोही थिएन।’

शिजाम परिवारले धर्म परिवर्तनका लागि आमाले दिएको दबाबको आरोप पनि झुटो भएको पवनले बताएका छन्।

तुनिशाले धर्मपरिवर्तनका बारेमा आमासँग कुरा गरेको भए पनि आमा–छोरीको यो विषयमा कुनै झगडा नभएको र दबाब नदिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad