आफ्नै साथीलाई आक्रमण गर्ने हङकङका प्रहरी अधिकृतमाथि मुद्दा

आफ्नै साथीलाई आक्रमण गर्ने हङकङका प्रहरी अधिकृतमाथि मुद्दा

नेपालखबर
पुस २०, २०७९ बुधबार १०:१२, हङकङ

हङकङमा आफ्नै साथीलाई आक्रमण गरेको आरोपमा एक वरिष्ठ प्रहरी अधिकृतमाथि मुद्दा दायर गरिएको छ। आरोपी अधिकृतलाई जागिरबाट पनि निलम्बन गरिएको र बुधबार उनलाई अदालतमा पेश गरिनेछ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार एक वर्ष पुरानो घटनामा उनीमाथि मुद्दा चलाइएको हो। ती प्रहरी अधिकृतले मदिरा सेवन गरेर तीव्र गतिमा गाडी चलाएका थि। सोही क्रममा उनलाई रोक्ने क्रममा आफ्ना साथीहरुलाई पनि आक्रमण गरेका थिए। 

समाचारमा उल्लेख गरिएअनुसार अहिले मुद्दा चलाइएका अधिकृतको नाम जोसेफ लुक चुन–चुङ हो। प्रहरी सुपरिटेन्डेन्टसमेत रहेका उनीमाथि दुई सहकर्मीहरुलाई आक्रमण गरेको आरोप छ। उनी शा टाउ कोको डिभिजन कमाण्डरको रुपमा थिए।

उनले दुई इन्स्पेक्टरहरुमाथि आक्रमण गरेका थिए। अल्कोहल खाएर अत्यधिक गतिमा गाडी चलाएपछि रोक्न खोजेको कारण उनले उनीहरुमाथि आक्रमण गरेका थिए। 

यो घटना गत वर्षको जुलाई १५ को हो। जुन २२ मा उनले अर्की एक महिलामाथि पनि दुर्व्यवहार गरेको आरोप छ।

उनलाई बुधबार फानलिङ अदालतमा पेश गरिनेछ। प्रहरी प्रवक्ताले कुनै पनि प्रहरी अधिकारीलाई कानुन उल्लंघनको मामिलामा शून्य सहनशीलता राखेर कारबाही अघि बढाइने उल्लेख गरेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .