इलामका विभिन्न मनोरम प्राकृतिक दृश्यमा छायांकन भएको दिपक लिम्बुको आधुनिक गीत ‘मेरो मन चोरी लानेलाई’ सार्वजनिक भएको छ। एकताका फिल्मी शैलिका गीतहरुमा र फिल्महरुमा नै जमेका दिपक लिम्बुको यो गीत पनि रोमान्टिक अनि फिल्मी शैलिमै तयार भएको छ। गीतको भिडियो पनि अत्यन्तै धेरै मिहेनत गरेर फिल्मी शैलिमै बनाइएको छ।
इलामका विभिन्न क्षेत्रमा यो म्युजिक भिडियो छायांकन भएको छ भने चर्चित कलाकारहरुले दमदार प्रस्तुति दिएका छन्। दिपक लिम्बुको स्वरमा सजिएको यो गीत राज कुमारको शब्द तथा संगीत रहेको छ। मौसम किशोरको निर्देशनमा छायांकन भएको उक्त म्युजिक भिडियोमा चर्चित कलाकार तथा मोडल राज गुरुङ र कल्पना गुरुङले प्रमुख भूमिकामा अभिनय गरेका छन्।
सुदर्शन खतिवडाको निर्माण तथा बिपिन आचार्यले एरेन्जर गरेका छन्। यो किसिमको गीत अनि मेकिङ हेर्दा चलचित्रको गीतको भान हुन्छ। नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै मिठास बोकेको गीतलाई विस्वभरिका दर्शक स्रोताहरु समक्ष पुर्याउन अनलाईन मिडिया मुग्लानी खबरले भूमिका खेलेको छ। भिडियोलाई एक्का कम्पनीको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया