खेल


वेल्डरले टाइसनलाई पराजित गर्ने भनेपछि एक भए पुराना बक्सर

वेल्डरले टाइसनलाई पराजित गर्ने भनेपछि एक भए पुराना बक्सर

नेपालखबर
पुस ९, २०७६ बुधबार १३:१७,

वेल्डरले टाइसनलाई पराजित गर्ने बताएपछि विश्वभर यस विषय चर्चाको विषय बनेको छ।

वेल्डर सन् २०१५ यता विश्वका हेभिवेट बक्सर च्याम्पियन हुन्। सन् १९८५ मा जन्मिएका वेल्डर हाल ३४ वर्षका भए।

उनले ४३ खेल खेल्दा कुनै खेलमा हारेका छैनन्। ४२ खेलमा उनले जित निकाल्दा एक खेल बराबरी भएको छ। वेल्डरले ४१ खेलमा नकआउट जित हात पारेका छन्।

माइक टाइसनको कुरा गर्दा उनी आइरन माइकको नामले चिनिन्छन्। उनलाई मानिसहरु नकआउट किङ भन्न रुचाउँछन्।

हाल ५४ वर्षका टाइसनले आफ्नो जीवनमा ५८ खेल खेलका छन्। जसमध्ये उनले ५० खेलमा जित निकाल्दा ४४ नकआउट गरेका छन्।

हाल वेल्डरले आफूले टाइसनलाई पराजित गर्ने बताएपछि टाइसनले यस विषयमा प्रतिक्रिया जनाउँदै भनेका छन्,‘हामी एकै समयको भए मलाई लाग्दैन वेल्डरले मलाई जित्न सक्थे।’

बक्सिङका समर्थकहरुले पनि यतिबेला विभाजित भएका छन्। यद्यपी माइक टाइसनका पालाका बक्सरहरु टाइसनको पक्षमा उभिएका छन्।

Image result for mike tyson hard punch

टाइसनलाई सन् २००२ मा पराजित गर्ने खेलाडी लेनोक्स लुविस भन्छन्,‘टाइसनको प्रत्येक पन्चले हड्डी भाँच्चिन्थ्यो। मलाई लाग्दैन वेल्डरले माइकलाई जित्ने थिए। मैले अहिलेसम्म टाइसनजस्तो खतरनाक बक्सर देखेको छैन।’

‘भन्न सजिलो छ तर टाइसनको अगाडि टिक्न असम्भव जस्तै थियो।’ लिविस भन्छन्,‘मलाई वेल्डर मनपर्छ तर उनले अहिलेसम्म त्यस्ता खेलाडीको सामना गरेका छैनन् जसले प्रत्येक पन्चमा उनको हड्डी भाँच्न सक्छन्।’

लिविसले नयाँ बक्सरहरुलाई सुझाव पनि दिएका छन्। उनी भन्छन्,‘सबैले आफ्नो समयको उत्कृष्ट हुने प्रयास गर्नुपर्छ। को उत्कृष्ट हो भनेर इतिहासले बताउँने छ।’ स्पोर्टबाइबल

Image result for wilder deontay

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad