ad ad

कला


साराको वर्ष र्‍यापअप भिडिओ भयो भाइरल

साराको वर्ष र्‍यापअप भिडिओ भयो भाइरल

नेपालखबर
पुस १७, २०७९ आइतबार ११:२५, काठमाडौँ

अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। पछिल्लोपटक उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमा उनका फ्यानहरु रमाइरहेका छन्। साराले सन् २०२२ लाई बिदाइ गर्दै गर्दा वर्षभरिका विभिन्न पल समावेश गरिएको भिडिओ सार्वजनिक गरेकी हुन्। 

भिडिओमा उनी कतै नाचिरहेकी छन्, कतै घुमिरहेकी छन्, कतै सुटिङमा देखिन्छिन् उनी। कहिले परिवारसँग रमाइलो गरिरहेको, कतै पौडी खेलेको देखिन्छ। साराको वर्ष र्‍यापअपको यो भिडिओ सामाजिक सञ्जालमा निकै रुचाइएको छ। 

साराले लेखेकी छन्, ‘धन्यवाद २०२२। यस वर्ष मलाई सुटिङ, फिल्म, यात्रा, खाना, कफी, सूर्योदय, पूर्णिमा, कसरत, हिउँ, वर्षा र पौडी दिनु भएकोमा । मलाई आशा छ - अर्को वर्ष मलाई मौरीको रूपमा व्यस्त राख्नेछ।’ 

साराको यो भिडिओलाई लिएर फ्यानले प्रतिक्रिया दिइरहेका छन्। एक प्रयोगकर्ताले पोस्टमा लेखेका छन्, ‘तपाईंले पलहरूलाई धेरै सुन्दर ढंगले कैद गर्नुभएको छ।’

उनलाई अहिले फ्यानले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।

उनको कामको कुरा गर्दा, सारा चाँडै आदित्य रोय कपुरसँग ‘मेट्रो इन दिन’मा देखिने छिन्। यसबाहेक उनी विक्की कौशलसँग ‘लुका छुपी २’, विक्रान्त मेसीसँग ‘ग्यासलाइट’, सन्नी कौशलसँग ‘नखरेवाली’ मा देखिने छिन्। 

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .