नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ।
चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
51
Shares
प्रतिक्रिया