ad ad

कला


निखिल र विराजसँग दुश्मनी छ भन्ने हल्ला फैलिएपछि आर्यनको स्पष्टीकरण

‘मबाट केही गलत भएको रहेछ भने त्यसको लागि क्षमाप्रार्थी छु’
निखिल र विराजसँग दुश्मनी छ भन्ने हल्ला फैलिएपछि आर्यनको स्पष्टीकरण

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १३:५२, काठमाडौँ

अभिनेता आर्यन सिग्देलले अभिनेताद्वय निखिल उप्रेती र विराज भट्टसँग आफ्नो दुश्मनी भएको भनेर अफवाह फैलाइएको भन्दै खण्डन गरेका छन्। 

खास कुरो के थियो र के भन्न खोजिएको थियो भन्ने नबुझी र नसोची हचुवाका भरमा समाचार र ट्रोलको शीर्षक हेरेर आफ्नो आलोचना भइरहेको गुनासो आर्यनले गरेका छन्। 

‘विराज र निखिल कसैसँग मेरो कुनै पनि दुश्मनी छैन। र, हुने पनि छैन’, आर्यनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘खै कसले, किन यो अफवाह फैलाइरहेको छ, थाहा छैन।’

आफूले निखिल र विराजको तुलना गर्दै उनीहरू एकअर्काभन्दा ठूलो स्टार भनेर आफूले नभनेको स्पष्टीकरण उनले दिएका छन्। 

‘मैले निखिलभन्दा विराज भट्ट निकै ठूलो स्टार  हो भन्न खोजेको थिएँ, न त निखिल उप्रेतीभन्दा विराज भट्ट नै’, उनले लेखेका छन्, ‘दुवै नेपाली सिनेमाका एक्सन किङ हुन्। उनीहरू दुवैको नेपाली सिनेमा क्षेत्रमा निकै नै ठूलो योगदान छ।’ 

उनले अगाडि लेखेका छन्, ‘विराज दाइको आवाज एक्सन फाइट दमदार लाग्छ भने निखिल दाइको एक्सन स्टन्ट झनै खत्रा। प्राविधिक रूपमा निखिल अब्बल हुनुहुन्छ। त्यसैले मैले कसैको पनि तुलना गर्न खोजेको थिइनँ र गरेको पनि होइन।’

नेपालमा टेक्नोलोजी र स्टन्ट एक्सन भित्र्याउने निखिल भएको र विराज भट्ट न्याचुरल एक्सन किङ भएको उनले उल्लेख गरेका छन्। आफूबाट कुनै गल्ती भएको भए माफी दिन उनले आग्रह गरेका छन्।  

‘दुवै मेरा लागि उत्तिकै सम्मानयोग्य छन्। यदि मबाट केही गलत भएको रहेछ भने त्यसको लागि सदैव क्षमाप्रार्थी छु’, उनले लेखेका छन्, ‘निखिल दाइ र विराज दाइ मेरा निकै आत्मीय साथी मात्र नभई हामी एकदमै नजिकका पारिवारिक साथी पनि हौं।’

हालैको एक पडकास्टमा आर्यनले हिरोको कुरा गर्दा विराजको नाम लिएका थिए । उनको त्यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .