गायक बिन्तीकुमार गुरुङ नयाँ गीतका साथमा बजारमा आएका छन्। उनले ‘अमिलो कागती’बोलको गीत बजारमा ल्याएका हुन्।
सार्वजनिक गीत गायनमा बिन्तीकुमारलाई गायिका मेलिना राईले साथ दिएकी छिन्।
सार्वजनिक गीत दीपक शर्माले लेखेका हुन्। गीतमा संगीत पनि दीपक शर्माले नै गरेका छन्।
गीतको म्यूजिक भिडिओ पनि सार्वजनिक भएको छ। बुद्ध लामाको छायांकन रहेको भिडिओ सम्पादन विष्णु खड्काले गरेका छन्।
रायन कार्कीले निर्देशन गरेको भिडिओमा उषा उप्रेती र मनोज गुरूङले अभिनय गरेका छन्।
273
Shares
प्रतिक्रिया