ad ad

कला


प्रतीक्षित फिल्म ‘अवतार : द वे अफ वाटर’ आजदेखि नेपाली हलमा

प्रतीक्षित फिल्म ‘अवतार : द वे अफ वाटर’ आजदेखि नेपाली हलमा

नेपालखबर
पुस १, २०७९ शुक्रबार ११:३१, काठमाडौँ

आजदेखि नेपाली फिल्म हलमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ प्रदर्शन भइरहेको छ। यो फिल्म नेपाली दर्शकले पनि प्रतीक्षा गरेको फिल्म हो। फिल्मको टिकट बुकिङ खुला हुनासाथ आक्रामक बुकिङ सुरु भएको थियो।  

नेपाली सिनेमा घरमा यो फिल्मले सोलो रिलिजको अवसर पाएको छ। आज कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन्। यसको फाइदा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’लाई पर्ने देखिन्छ। मल्टिप्लेक्स हलहरूमा उच्च शो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने हलवालाले दाबी गरिरहेका छन्। 

हलिउडको बहुप्रतिक्षित ‘अवतार : द वे अफ वाटर’लाई नेपालमा एप्पल इन्टरटेनमेन्टले भित्र्याएको हो। यो फिल्म सन २००९ मा रिलिज भएको ‘अवतार’को सिक्वेल हो। ‘अवतार’ले हलिउडमा अहिलेसम्म पनि बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम राखेको छ। त्यसैले पनि यो फिल्मको सिक्वेलका लागि संसारभरका दर्शक प्रतीक्षरत छन्। 

‘अवतार : द वे अफ वाटर’मा सैम वर्थिन्गटन, जो साल्डाना, सिगौर्नी विभर, स्टिफन लैन्गलगायत  कलाकारले अभिनय गरेका छन्। फिल्मलाई जेम्स क्यामरुनले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .