बेला बेला चर्चामा आइरहने कलाकारमा पर्छिन, सुष्मा कार्की । उनै सुष्मा टिकटमा बोलेको संवादका कारण एकपटक फेरी चर्चामा आएकी छिन्। सामाजिक सञ्जालका अन्य प्लेटफमबाट टाढा भएकी सुष्मा टिकटकमा भने निक्कै भेटिन्छिन्।
पछिल्लो पटक सुष्माले टिकटक लाइभमा बोलेको कुरालाई लिएर उनको आलोचना भैरहेको छ। ीटकटक लाइभमा आएर सुष्माले बोलेको अश्लील शब्द सहितको भिडियो अहिले भाइरल बनिरहेको छ।
उनले भल्गर शो ‘ब्लाइन्ड डेट’ की पूर्व विजेता सिलु पोखरेलसँग टिकटकमा लाइभ गेम खेल्ने क्रममा अश्लील गाली गरेकी छिन्। उक्त गालीका कारण सुष्मा अहिले शुभचिन्तकबाट गाली खाइरहेकी छिन्।
सुष्मा धेरै विवादमा आइरहने कलाकार हुन्। उनी चर्चामा आउनका लागि आफैं विभिन्न स्टन्ड समेत गर्ने गर्छिन। पछिल्ला केहि वर्ष यता काम विहिन बनेकी सुष्मा बेलाबेला यस्तै फण्डाका कारण चर्चामा आउने गरेकी छिन्। उनको पछिल्लो टिकटक भिडियो हेरेर धेरैले उनलाई के बोल्ने के नबोल्ने भन्ने कुराको ख्याल नगरेको भन्दै आलोचना गरेका छन्।
Shares

प्रतिक्रिया