दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता कायम राखेका छन्। सुरुमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले लिएको अग्रतालाई रोक्दै एमालेका शिवाकोटीले अग्रता लिइरहेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार दोलखामा ३७ हजार २ सय २० मत गणना भइसकेको छ। जसमध्ये नेकपा एमालेका उम्मेदवार शिवाकोटीले १६ हजार ६ सय २० मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका गंगा कार्कीले १४ हजार ९ सय ३७ मत प्राप्त गरेका छन्। उनीहरुबीच १६ सय ३८ मतको अन्तर रहेको छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। सो पार्टीका उम्मेदवार जगदीश खरेलले २२ सय ४४ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरे अनुसार दोलखामा अहिलेसम्म १५ सय ५७ मत बदर भएको छ।
237
Shares
प्रतिक्रिया