ad ad

कला


‘द भ्वाइस’को सेमिफाइनलमा परिजिता

‘द भ्वाइस’को सेमिफाइनलमा परिजिता

नेपालखबर
मंसिर १४, २०७९ बुधबार २३:४७, काठमाडौँ

नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी सिंगिङ रियालिटी सो ‘द भ्वाइस’को सेमिफाइनलमा प्रवेश गरेकी छिन्।

कोच जोन लिजेन्डको तर्फबाट उनले शीर्ष १२ मा एलेसिया काराको ‘स्कार्स टु योर ब्युटिफुल’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरेका गरे।

सेमिफाइनलमा प्रवेश गरेपछि उनले एक भिडिओमार्फत शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले फाइनलको लागि दुई साता मात्रै रहेको हुँदा भोट गर्न अपिल गरेकी छन्।

सेफिफाइनलमा उनले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुती दिनेछिन्।

परिजिताको ब्लाइन्ड अडिसनबाटै चर्चा भइरहेको छ। उनले ब्लाइन्ड अडिसनमा गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन्।

गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .