ad ad

कला


‘दुई नम्बरी’ निर्माताको ‘हात्तीछाप’ घोषणा

‘दुई नम्बरी’ निर्माताको ‘हात्तीछाप’ घोषणा

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ९:४७, काठमाडौँ

फिल्म ‘दुई नम्बरी’का निर्माताले नयाँ फिल्मको घोषणा गरेका छन्। ‘दुई नम्बरी’अघि ‘पोइ पर्‍यो काले’ फिल्मसमेत निर्माण गरेका किरण नेपालीले नयाँ फिलम ‘हात्तीछाप’ निर्माण गर्ने भएका छन्। फिल्मको औपचारिक घोषणा गरिएको छ। 

निर्माता नेपालीले यसअघि ‘पोइ पर्‍यो बूढो’ निर्माणको घोषणा गरेका थिए। अब यो फिल्मको छायांकन पोस्टपोन्ड गरेर ‘हात्तीछाप’ छायांकनमा निस्कने नेपालीले बताएका छन्। फिल्मको छायांकन चैत पहिलो साता सुरु गरिने भएको छ। 

फिल्ममा नाम चलेका कलाकार खेलाउने भनिए पनि कसलाई ल्याउने भन्ने कुरा सार्वजनिक गरिएको छैन। फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्म निर्माणको औपचारिक घोषणासँगै निर्माता नेपालीले भने, ‘हातीछापको कथा पढेपछि म प्रभावित भएँ। यसैले, पहिला यो फिल्म निर्माणमा लागेको हुँ।’ उनले यो फिल्मपछि ‘पोइ पर्‍यो बूढो’ निर्माण गर्ने बताएका छन्। 

रेड बर्ड प्रोडक्सन ब्यानरमा निर्माण हुने फिल्म सामाजिक कथावस्तुमा केन्द्रित हुने बताएका छन्। नेपालीले निर्माण गरेको ‘दुई नम्बरी’ यो वर्ष बक्स अफिसमा हिट भएको फिल्म हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .