ad ad

खेल


फ्रान्सको जितले दबाबमा डेनमार्क

फ्रान्सको जितले दबाबमा डेनमार्क

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ९:५७, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्क फ्रान्ससँग २–१ गोल अन्तरले पराजित भएको छ। यससँगै फ्रान्सल अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्दा डेनमार्क भने कठिन अवस्थामा पुगेको छ। 

समूह डीको शीर्षस्थानमा रहेको फ्रान्सले दुई खेलबाट ६ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको अष्ट्रेलियाले भने समान खेलबाट ३ अंक जोडेको छ। शनिबार भएको खेलमा ट्युनिसियालाई १–० गोल अन्तरले हराउँदै अष्ट्रेलियाले आफ्नो माथिल्लो चरणको सम्भावना कायम राखेको हो। फिफा विश्वकपमा अष्ट्रेलियाले १२ वर्षमा पहिलो जित हात पारेको हो।

समूहको अन्तिम खेलमा अब डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीच हुने खेलले माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लगाउनेछ। यो खेलमा अष्ट्रेलिया डेनमार्कलाई कम्तीमा बराबरीमा रोक्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

यद्यपि डेनमार्कलाई भने जितको विकल्प छैन। उसले अष्ट्रेलियासँगको खेलमा जित हात पारे मात्र उसको माथिल्लो चरणको बाटो खुल्नेछ। 

पहिलो खेलमा ट्युनिसियासँग बराबरी खेलेको डेनमार्क दोस्रो खेलमा बलियो फ्रान्ससँग पराजित भएको हो। शनिबारको खेलमा पराजित भएसँगै उसको माथिल्लो चरणको यात्रा पनि अन्तिम खेलमा गर वा मरको अवस्थामा पुगेको हो।

अन्तिम खेलमा डेनमार्कको हार वा बराबरीसम्मले पनि अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्न सक्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .