नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद जारी छ। यही बहस भइरहेकै बेला एपिक नेपाल म्युजिक अवार्डमा राजेश हमाललाई ‘महानायक’को सम्मान प्रदान गरिने भएको छ।
एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिन लागिएको हो।
भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका–४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले आयोजना गरिरहेको यो अवार्डअन्तर्गत यस वर्ष हमाललाई ‘महानायक’को सम्मान दिन लागिएको हो। यो सम्मान माघको पहिलो हप्ता प्रदान गरिने आयोजकले जनाएको छ।
129
Shares

प्रतिक्रिया