ad ad

कला


ओटीटीमा पनि लोभलाग्दो कमाइ गर्दै ‘कबड्डी ४’

ओटीटीमा पनि लोभलाग्दो कमाइ गर्दै ‘कबड्डी ४’

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १४:४१, काठमाडौँ

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ ले ओटीटी प्लाटफर्ममा पनि राम्रो कमाइ गरिरहेको छ।

शुक्रवारदेखि सिनेमाघर एपमार्फत् शुक्रबार डिजिटल प्रिमियर भएको यो फिल्म ओटीटीमा पनि लोभलाग्दो कमाइ गर्न सफल भएको हो। 

हलमा कीर्तिमानी कमाइ गरेको दयाहाङ राई अभिनित यो फिल्मले डिजिटल प्रिमियर भएको दिन नै ओटीटीमा उत्साहजनक आम्दानी गर्न सफलभएको सिनेमाघरका संस्थापक सागर खरेलले बताएका छन्। 

उनका अनुसार पहिलो दिन नै दर्शकको चाप थेग्न गाह्रो भएको थियो। दर्शकको चापकै कारण सर्भरमा समेत समस्या आएको उनले बताए। 

उनले दर्शकको चापले थेग्न नसक्ने अवस्था आएपछि सर्भर पनि बढाएर एकै पटक धेरैले हेर्न सकिने बनाएको बताए। 

सिनेमाघर एपमा विज्ञापनरहित सःशुल्क र विज्ञापन हेरेर सिनेक्वाइन जम्मा गरेर ‘कबड्डी ४’ निःशुल्क हेर्न सकिने उनले बताए। 

सन् २०१६ देखि सुरु भएको सिनेमाघर एप मोबाइल, ट्याब्लोइट, एन्ड्रोइड टिभी, अमेजन फायर टीभी र स्मार्ट डिभाइसमा उपलब्ध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .