ad ad

कला


ओनसरीले डेंगुबाट निधन भएकी कलाकार घ्लानको परिवारलाई भेटेर समवेदना प्रकट गरिन्

ओनसरीले डेंगुबाट निधन भएकी कलाकार घ्लानको परिवारलाई भेटेर समवेदना प्रकट गरिन्

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ११:५१, काठमाडौँ

पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले डेंगुबाट निधन भएकी कलाकार सुशीला घ्लान तामाङको परिवारलाई भेटेर समवेदना प्रकट गरेकी छन्। 

काठमाण्डौंको शंखरापुर नगरपालिका–१ स्थित घ्लानको घर पुगेर उनले परिवार र आफन्तलाई समवेदना दिएकी हुन्। घ्लानको असामयिक निधनले नेपाली सांगितीक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै घर्तीले दुःख व्यक्त गरिन्। 

२५ वर्षीया घ्लानको शुक्रबार जोरपाटीस्थित नेपाल मेडिकल केलजमा उपचारका क्रममा निधन भएको हो। तामाङ भाषाका गीतमार्फत कलाकारितामा फड्को मारेकी घ्लानले थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन्। 

घ्लानले अभियन गरेको टुङ्नाको धुन, डम्फुमा सेलो, दुप्चेश्वर मेला, ल्होछार मेलाजस्ता गीत लोकप्रिय छन्। उनले अभिनय गरेको  ‘मायाभन्दा ठूलो जात होइन कहाँ पर्यो घर बोलको म्युजिक भिडिओ’ सार्वजनिक हुने क्रममा छ। 

शुक्रबार नै उक्त म्युजिक भिडिओ सार्वजनिक गर्ने कार्यक्रम थियो। तर, घ्लानको निधन भएका कारण रोकिएको छ। 
घ्लान अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत/संगीतको संरक्षणमा सक्रिय थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .