सफल गीतकार तारा अधिकारीले अब भिडियो निर्देशन पनि गर्न थालेकी छन्।
उनको आफ्नै शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ। यो भिडिओ निर्देशन अधिकारी आफैले गरेकी हुन्।
किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ। कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।
भिडिओ गीतकार तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ। संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडियोमा अभिनय गरेका छन्।
म्युजिक भिडिओमा शिव ढकालको छाँयांकन र नहकुल खड्काको सम्पादन रहेको यो भिडिओ गीतकार अधिकारीले निर्देशन गरेको दोस्रो भिडिओ हो।
गीतकारको रुपमा चर्चा कमाईसकेकी अधिकारीको अबको लक्ष्य निर्देशनमा पनि सफल हुने रहेको बताउँछन्। उनले निर्देशन गरेको यो भिडिओ कलात्मक, नौलो स्वाद र मौलिकताले भरिएको छ।
Shares
प्रतिक्रिया