कला


यसरी मनाए कलाकारले दसैँ

यसरी मनाए कलाकारले दसैँ

नेपालखबर
असोज १९, २०७९ बुधबार २०:२, काठमाडौँ

विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन्। अभिभावकबाट बडादसैँको टीका ग्रहण गरेका तस्बिरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।

नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएकी छन्। यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मीरा आचार्यको तस्बिर राखेर पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन्। 

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा थापेपश्चात् आशीर्वाद लिएका छन्। ‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त हुनेछन्।

अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टीका ग्रहण गरेकी छन्। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गरेकी छन्। 

यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेपछि सामूहिक तस्बिर खिचाउँदै हास्यकलाकार शिवशङ्कर रिजालले दसैँको शुभकामना दिएका छन्। 

“तराई गएर अन्य मान्यजनबाट टीका ग्रहण गर्नेछु। मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ”, उनले सामाजिक सञ्जालमा लेखेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad