NepalKhabar NepalKhabar

कला


‘कालोपोथी’का निर्देशक भाम कांग्रेसको घोषणापत्र तयारी समितिमा

‘कालोपोथी’का निर्देशक भाम कांग्रेसको घोषणापत्र तयारी समितिमा

नेपालखबर
असोज ६ , काठमाडौँ

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले गठन गरेको घोषणापत्र तयारी समितिको सदस्यमा निर्देशक मीन भाम पनि मनोनयन भएका छन्। 

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिमा उनलाई पनि सदस्य बनाइको हो। 

निर्देशक भाम मंसिर ४ मा हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा पनि सिफारिस भइसकेका छन्। 

उनलाई मुगुको छायानाथ रारा नगरपालिका–४ का भामलाई पिछडिएको क्षेत्र र खस आर्यतर्फबाट कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो।

भाम लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध छन्।

‘कालोपोथी’ फेम्ड निर्देशक भाम नयाँ फिल्म ‘चिसो वर्ष’को प्रि–प्रोडक्सनमा व्यस्त छन्। उनको यो फिल्म आगामी पुसमा छायांकन सुरु गर्ने भामको तयारी छ। 

असोज ६, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.