कला


पुरा भयो रचनाको घर बनाउने सपना

पुरा भयो रचनाको घर बनाउने सपना

नेपालखबर
भदौ ५, २०७९ आइतबार ८:३१, काठमाडौँ

पछिल्लो समय निक्कै चर्चामा रहेकी गायिका हुन्– रचना रिमाल। गायनमा लाग्दा उनको सपना थियो आफ्नो कमाईबाट बा–आमालाई पक्की घर बनाइदिने। उनले आफ्नो सपना पुरा गरेकी छिन्। 

केही समय अघि रचनाले घर बनाउन थालेको खबर सार्वजनिक भएको थियो। अहिले उनको घर निर्माण कार्य पुरा भएको छ। उनले घर निर्माण कार्य सम्पन्न भएपछि आफूले निर्माण गरेको घरमा आमाबुबालाई राख्ने सपना पुरा उल्लेख गरेकी छिन्।

रचनाले सामाजिक सञ्जालमा घरसहितको तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा  भएको छ।’

उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण कार्य सकिएको भन्दै खुशी व्यक्त गरेकी छिन्। छोटो समयमा सांगीतिक क्षेत्रमा लोकप्रिय भएकी रचनाले सदैव संगीतमै सत्कर्म गर्ने समेत बताएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad