ad ad

कला


किन रोकियो रेखा र पूजाको सहकार्य?

किन रोकियो रेखा र पूजाको सहकार्य?

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार ७:५०, काठमाडौँ

नायिका रेखा थापा र पूजा शर्माले केही समयअघि सहकार्यको घोषणा गरे। यी दुई अभिनेत्रीको सहकार्यबाट नयाँ फिल्म बन्ने पक्का भएको थियो। फिल्मका लागि भनेर रेखा र पूजाको भेट बाक्लिँदै थियो।

यी दुई नायिकाले फिल्मको स्क्रिप्ट राइटरसमेत खोजिसकेको हल्ला थियो। तर कथा लेखन अगाडि नबढ्दै पूजा र रेखाको सहकार्य रोकिएको छ। 

एक्सन फिल्ममा काम गरिरहेकी रेखाले लभ स्टोरी फिल्ममा रुचाइएकी पूजालाई पनि एक्सन अवतारमा प्रस्तुत गर्ने सोच बनाएकी थिइन। यो फिल्ममा रेखा र पूजाबाहेक अन्य एक नायिका राख्नेसमेत उनीहरुको योजना थियो। तर यो योजना असफल  भएको छ।

रेखा र पूजाको भेटघाट अहिले रोकिएको छ। अब यी दुई नायिकाबीच सहकार्य नहुने निश्चित देखिएको छ।

पूजा रेखासँगको सहकार्य छाडेर नयाँ फिल्मको तयारीमा लागि सकेकी छन्। उनले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसीसँग सम्झौता गरिसेकेकी छन्।

अहिले फिल्मी बजारमा रेखा र पूजाको सम्बन्ध चिसिएको खबर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .