ad ad

कला


समस्यामा दीपकराज गिरी

समस्यामा दीपकराज गिरी

नेपालखबर
साउन २४, २०७९ मंगलबार १३:५६, काठमाडौँ

निर्माता तथा कलाकार दीपकराज गिरी र दसैंमा फिल्म रिलिज जोडिएर आउँछन्। गिरी दसैंमा फिल्म चलाउ अनेक उपाय गरिरहेका हुन्छन्। यो वर्षको दसैंमा आफ्नो फिल्म रिलिजका लागि थुप्रै अभ्यास गरे। 

उनले फिल्मको स्क्रिप्ट नै सुरु नहुँदै दसैंमा फिल्म रिलिज गर्ने पक्का गरे। तर विविध कारण उनको फिल्म छायांकनमा जान सकेन। यसबीच फिल्म मेकरले धमाधम आफ्ना फिल्म रिलिजको मिति तय गरे। 

फिल्म रिलिजको तालिका हेर्ने हो भने कात्तिक ११ देखि असोज ७ गतेसम्म सबै हप्ता प्याक छ। यस अवधिमा राम्रो ब्रान्डका फिल्म प्रदर्शन हुँदै छन्। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘महापुरुष’ कात्तिक ११ मा रिलिज हुने भएको छ।

प्रतिक्षित भनिएको फिल्म ‘प्रेमगीत ३’ असोज ७ मा प्रदर्शन हुँदै छ। नारायण रायमाझीको ‘परदेशी २’ले असोज १४ लाई प्रदर्शन मिति लक गरेर प्रचार थालेको छ। यी दुवै फिल्म उद्योगमा आशा गरिएका फिल्म हुन्।

‘हिजोआजका कुरा’, ‘के घर के डेरा’सहित चार फिल्मले यही बीचमा प्रदर्शन मिति तय गरेका छन्।

‘महापुरुष’सँग ‘लाखे जुध्ने भएको छ। फिल्म प्रदर्शनको यति लामो सूची बनेपछि दीपकराज गिरी कुन मितिमा फिल्म रिलिज गर्ने भन्ने समस्यामा परेका छन्। 

हेमराज बिसीको निर्देशनमा गिरीको ‘छक्कापन्जा ४’ छायांकन भइरहेको छ। गिरीलाई अब कुनै न कुनै फिल्मसँग जुध्नैपर्ने बाध्यता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .