प्रसारणअघि उत्पादन कम्पनीले मात्रै नभएर दर्शकले पनि ठूलै अपेक्षा गरेका थिए - ‘कमेडी हब’बाट। प्रचारका क्रममा धेरैले यो ‘शो’ले बजार पिट्ने आकलन गरेका थिए।
तर भइदियो उल्टो। सुरुका केही ‘शो’ पछि दर्शक बिच्किए।
मिडिया हबले यो ‘शो’ माथि ठूलो लगानी गरेको छ। दर्शक नपाएपछि आन्तरिक रुपमा विवादसमेत भयो। घाटामा गएपछि एकताका ‘शो’ नै बन्द गर्ने कि भन्ने सोचमा मिडिया हब पुगेको थियो।
केदार घिमिरे ‘माग्ने बूढा’ले निर्देशन गरेको यो ‘शो’ प्रसारणका सुरुवाती दिनबाटै संकटमा पर्यो।
अहिले केदार फिल्म ‘छक्का पन्जा ४’को सुटिङमा व्यस्त छन्।
यही बेला निर्माण टिमले ‘शो’को प्रसारण शैली परिवर्तन गरेको छ। सेलिब्रेटीलाई ‘शो’मा अतिथिका रुपमा निमन्त्रणा गर्न सुरु गरिएको हाे।
अतिथिका कारण पनि ‘शो’को दर्शक संख्या बढ्ने निर्माण टिमको विश्वास छ।
परिवर्तित पहिलो ‘शो’मा फिल्म ‘कृष्णलीला’का नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्री आफ्नो फिल्म प्रचारका लागि सहभागी भएका छन्।
Shares
प्रतिक्रिया