ad ad

कला


हरिवंश आचार्यको महापुरुष रुप

हरिवंश आचार्यको महापुरुष रुप

नेपालखबर
साउन २३, २०७९ सोमबार ७:२९, काठमाडौँ

नेपाली फिल्म ‘महापुरुष’का दुई पोस्टर सार्वजनिक भएका छन फिल्मको सार्वजनिक पहिलो पोस्टरमा हरिवंशलाई पिजडा बाहिर राखिएको सुगासँग देखाइएको छ।

दोस्रो पोस्टरमा भने वैवाहिक समारोहबाट भागेका हरिवंश र गौरीलाई प्रस्तुत गरिएको छ।

हरिवंश र मदनकृष्ण श्रेष्ठको यो फिल्म प्रदिप भट्टराई निर्देशन गरेका हुन्। फिल्म निर्माण टिमले पहिलो पोस्टर सार्वजनिक गर्दै फिल्म प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। यो फिल्म आगामी कार्तिक ११ बाट अल नेपाल रिलिज हुने भएको छ। 

फिल्ममा हरिवंश र मदनकृष्णका साथमा गौरी मल्ल, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेल, नव कलाकारद्धय अरुण क्षेत्री र अन्जना बराइलीले अभिनय गरेका छन्। 

प्रदीप भट्टराईकै लेखन रहेको यो फिल्ममा दिपेश खत्रीले लगानी गरेका छन्। रविन्द्र सिंह बाँनिया फिल्मका कार्यकारी निर्माता हुन्। दीपक बज्राचार्यको छायांकन रहेको फिल्मको दृष्य सम्पादन मित्र डी गुरुङले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .