ad ad

कला


अर्जुनकुमारको प्रयास तेस्रोपटक पनि असफल, चलेन ‘चपली हाइट ३’

अर्जुनकुमारको प्रयास तेस्रोपटक पनि असफल, चलेन ‘चपली हाइट ३’

नेपालखबर
साउन २२, २०७९ आइतबार ८:१६, काठमाडौँ

निर्माता अर्जुन कुमारले एउटै फिल्मबारे बारम्बार हल्ला गरिरहे। उनले आफ्नो पछिल्लो फिल्म ‘चपली हाइट ३’ तीनपटक नै हलमा प्रदर्शन गरे। पहिलोपटक कोरोना कालमा प्रदर्शन भएको फिल्म चल्न सकेन।

कोरोनाका कारण आफ्नो फिल्म चल्न नपाएको दुखेसो गरे।

फिल्म राम्रो रहेको र दर्शकले हेर्नु पर्ने बताउँदै गत फागुन १ मा पुनः हलमा रिलिज गराए। दर्शकले उनलाई पत्याएनन्।

दोस्रोपटक प्रदर्शन गर्ने बेला निकै हल्ला गरेका अर्जुनले तेस्रोपटक पनि फिल्म रिलिज गरे। 

गत शुक्रबारबाट प्रर्दशन भएको फिल्मका दर्शक शून्य भए। यस पटक फिल्म रिलिज गरेर केहि कलेक्सन गर्ने अर्जुनकुमारको दाउ थियो। तर तेस्रो पटक पनि उनको फिल्मले दर्शक पाएन। हिट फिल्मको सिरिज फल्प भयो। 

यो फिल्म निकेश खड्काले निर्देशन गरेका छन्। फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मका अघिल्ला दुई सिरिज बक्स अफिसमा हिट भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .