ad ad

कला


द भ्वाइस अफ नेपालमा राजेश पायल र प्रविशाको प्रवेश

द भ्वाइस अफ नेपालमा राजेश पायल र प्रविशाको प्रवेश

नेपालखबर
साउन २०, २०७९ शुक्रबार ७:१९, काठमाडौँ

गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ। 

आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागि दुई कोच परिवर्तन गरिएको छ। 

चौंथो सिजनका लागी राजेश पायल राई र प्रविशा अधिकारीले प्रवेश पाउँदा पहिलो सिजनबाटै कोचका रुपमा रहेका दीप श्रेष्ठ आउट भएका छन्। पछिल्लो सिजनमा जोडिएकी त्रिशला गुरुङ पनि चौथो सिजनमा अटाउन सकेकी छैनन्। 

गायक प्रमोद खरेल र राजु लामाले भने यो सिजनमा पनि निरन्तरता पाएका छन्।  

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदक मध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा रहेको आयोजकले जनाएको छ। ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतियोगिले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। 

राजेश पायल र प्रविशाले चौथो सिजनमा कोचका रुपमा जोडिन पाउँदा उत्साहित भएको बताएका छन्। 

राजेशले यसअघि नै बिभिन्न मिडिया तथा दर्शकबाट आफूलाई द भ्वाइसमा कोचको रुपमा हेर्न चाहानुभएको र त्यो चाहाना पुरा भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .