मोडल नीति शाह नेपाली फिल्म ‘एक्स नाइन’मा अनुबन्ध भएकी छिन्। ठूलै हल्लाका साथ निर्माण घोषणा भएको यो फिल्म छायांकनमा जान भने अझैं सकेको छैन।
फिल्मको शीर्ष भूमिकामा अनमोल केसी पनि अनुबन्ध भैसकेका छन्। नीतिले अनमोलसँग फिल्ममा देखिने चाहाना सुनाइरहेका बेला ‘एक्स नाइन’मा अनुबन्ध भएकी हुन्। फिल्मका लागि नीतिले औपचारिक सम्झौता गरेको निर्माता तथा निर्देशक मुकुन्द भट्टले जानकारी दिए।
नीतिले यो फिल्मका लागि १० लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ।
अनमोल ‘छड्के २’मा व्यस्त भएपछि ‘एक्स नाइन’को छायांकन रोकिएको निर्देशक भट्टको भनाइ छ। अनमोलको अघिल्लो फिल्मको सुटिङ सकिनासाथ आफ्नो फिल्म छायांकनको टुङ्गो लाग्ने भट्टले जानकारी दिए।
यो फिल्म क्यानडामा छायांकन गर्ने निर्माताको तयारी छ। कलाकारको भिसा पक्रिया सकिएपछि मात्रै फिल्म छायांकनको टुङ्गो लाग्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया