कला


हेर्नुहोस् समलिङ्गी दुई युवतीको प्रेमकथा (भिडिओ)

हेर्नुहोस् समलिङ्गी दुई युवतीको प्रेमकथा (भिडिओ)

नेपालखबर
साउन ८, २०७९ आइतबार ८:१६, काठमाडौँ

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा दि टेल्स अफ लाइफ’ युट्युबमा सार्वजनिक भएको छ।

सार्वजनिक सर्ट फिल्ममा प्रेमको सुन्दरता देखाउन खोजिएको छ। प्रेमले दुई युवतीको जीवनमा आएको परिवर्तनलाई सकारात्मक ढंगले प्रस्तुत गरिएको छ। 

हरकसैको प्रेममा मानिस खुसी हुन सक्ने सन्देश ‘मीरा’मार्फत दिन खोजिएको छ। प्रेमलाई महसुस गर्न भने गाह्रो हुने कुरा पनि सर्ट फिल्ममा प्रस्तुत गरिएको छ। 

यो सर्ट फिल्म अनिता पण्डितले निर्माण गरेकी हुन्। ‘मीरा’मा अनिताका साथमा अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले अभिनय गरेका छन्। अनिल कटुवालले छायांकन गरेको फिल्मको सम्पादन बिजेश पौडेलले गरेका हुन्। 

सञ्जाल भण्डारीको साउन्ड डिजाइन रहेको सर्ट फिल्म निर्देशनमा अनितालाई स्पट डाइरेक्टरका रुपमा अशोक भुजेलले साथ दिएका छन्।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad