नेपाली फिल्म ‘ए मेरो हजुर ४’ अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। नेपालमा ‘शो’ पाउन निकै गाह्रो भएको यो फिल्मले अमेरिकामा भने उच्च शो पाउने भएको हाे।
फिल्मले अमेरिकास्थित टेक्सास सहरमा आगामी शुक्रबार, शनिबार र आइतबार ४–४ शो पाएको छ। एक साता यो फिल्म सिनेपोलिस हलमा १९ शो चल्ने भएको छ।
अमेरिकामा रहेका निर्देशक सुरेश दर्पण पोख्रेल ‘ए मेरो हजुर ४’ले पाएको यो शो उच्च भएको बताउँछन्।
अनमोल केसी र सुहानाको क्रेजका कारण फिल्मले उच्च शो पाएको सुरेशको भनाइ छ। फिल्मको ब्रान्ड र संगीतले पनि काम गरेको सुरेश बताउँछन्।
झरना थापाले निर्देशन गरेको यो फिल्ममा सुनिलकुमार थापाले निर्माण गरेका हुन्।
18
Shares
प्रतिक्रिया