ad ad

अपराध


एउटा कारमै भेटिए भन्सार छलेर ल्याएका एक करोडका सामान

पर्साका छविलाल अवस्थी चाबहिलबाट पक्राउ
एउटा कारमै भेटिए भन्सार छलेर ल्याएका एक करोडका सामान

नेपालखबर
साउन ५, २०७९ बिहिबार १२:२८, काठमाडौँ

प्रहरीले भारतीय क्षेत्रबाट भन्सार छलेर ल्याएका एक करोड बराबरका सामान बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले पर्साका छविलाल अवस्थीलाई उक्त परिमाणका सामानसहित चाबहिलबाट पक्राउ गरेको हो। 

उनले भन्सार छलेर ल्याएका सामान विभिन्न ब्रान्डका चुरोटसहित छन्। चुरोटसँगै प्रहरीले पटका पनि बरामद गरेको छ।

अवस्थीले भन्सार छलेर ल्याएका यी सामान प्रदेश ३-०२-०२४ च ६४१९ नम्बरको कारबाट बरामद गरेको हो। 

प्रहरीले ब्रिल लाइट्स चुरोट, मोन्ड चुरोट, ब्ल्याक डग चुरोट, रोयल स्मोकिन हुक्का फ्लेबरसहित १० प्रकारका चुरोट बरामद गरेको हो।

त्यसैगरी मुर्गा छाप, सन फ्लावरसहितका विभिन्न किसिमका पटका पनि प्रहरीले बरामद गरेको कोइरालाले बताए। 

अवस्थीले चुरोट र पटाकासँगै बजाज मोटरसाइकलका पार्टपुर्जा पनि भन्सार छलेर ल्याएको खुलेको छ। त्यसैगरी भन्सार छलेर ल्याएका ३८० थान अक्सिमिटर पनि बरामद भएका छन्। 

अवस्थीमाथि राजश्व छली र विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही अघि बढाउन लागिएको कोइरालाले जानकारी दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .