कला


पूर्व मिस नेपाल सदीक्षाले कसिन् लगनगाँठो

पूर्व मिस नेपाल सदीक्षाले कसिन् लगनगाँठो

नेपालखबर
असार २२, २०७९ बुधबार १४:३१, काठमाडौँ

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छिन्। उनले नेवारी परम्परा अनुसार आफ्ना प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी हुन्। उनका प्रेमी व्यवसायी हुन्। 

गैरी धाराको सिल्भर ओके पार्टी प्यालेसबाट सदीक्षा र राहुल विवाह बन्धनमा बाँधिएका हुन्। उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा बिहेअघि नै रिसेप्सन पार्टी दिएका थिए।

नेवारी परम्परा अनुसार रिसेप्सनपछि शुभ साइतमा निकटका आफन्त र परिवारको उपस्थितिमा बिहे गर्ने प्रचलन छ। सोही प्रचलन अनुसार यो जोडीले विवाह गरेको हो। 

यो जोडी १ वर्षदेखि प्रेममा थियो। सन २०१० की मिस नेपाल सदीक्षाको बिहेमा पूर्व मिस नेपालहरू पनि सहभागी थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad