ad ad

कला


पुरानै ‘क्रेज’ फर्काउने कसरतमा समीक्षा

पुरानै ‘क्रेज’ फर्काउने कसरतमा समीक्षा

समीक्षा अधिकारी


नेपालखबर
असार १८, २०७९ शनिबार ९:१०, काठमाडौँ

समीक्षा अधिकारी- सानै उमेरमा लोकप्रिय हुन सफल गायिका हुन्। छोटो समयमा उनले थुप्रै हिट गीत गाएकी छन्।

कुनै समय समीक्षा दैनिक ७ वटासम्म गीत गाउँथिन्। गीतकार/संगीतकारलाई उनीसँग समय लिन मुस्किल पर्थ्याे। 

तर समय एकनासले चलेन। व्यक्तिगत जीवनमा आएका उतारचढावका कारण उनले केही समय गायनबाट विश्राम लिनुपर्याे। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट पनि टाढा रहिन्। 

अहिले भने उनी सामान्य दिनचर्यामा फर्किएकी छन्। गायनमा व्यस्त हुन थालेकी छन्। गीतको म्युजिक भिडिओ छायांकन स्थलमा देखिन थालेकी छन्। 

समीक्षाले गायनमा फर्किएर गाएका गीतले राम्रो चर्चा पाइरहेका छन्। उनले पछिल्लोपटक गाएका ‘छ नि हजुर’, ‘झरी बनी आउन’लगायत गीत चर्चामा छन्। धेरैजसो लोक गीत गाउने समीक्षाले हिजोआज क्लासिक तथा आधुनिक गीत पनि गाउन थालेकी छिन्। 

गायनमा सफलतासँगै एक दिन नायिका बन्ने सपना बोकेर कला क्षेत्रमा आएकी समीक्षा गायनमा आफ्नो पुरानै ‘क्रेज’ फर्काउने कसरतमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .